डडेल्धुरामा प्रहरीले ११ छाउगोठ भत्कायो
डडेल्धुरा: डडेल्धुरामा ११ वटा छाउगोठ भत्काइएका छन्। प्रहरीले जिल्लाको आलिताल गाउँपालिका– ६ धिमडामा रहेका छाउगोठ भत्काएको हो।
सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत छाउगोठहरु भत्काउने अभियानका क्रममा धिमडाका दुई दर्जन परिवारले प्रयोग गर्दै आइरहेका ११ छाउगोठ भत्काइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए।
ईलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक जनक बहादुर मल्लको टोलीले आलीताल गाउँपालिकाकी उपाध्यक्ष जला बिष्ट बोगटी, वडा नम्बर ६ का अध्यक्ष कुम्भ बुढा, पत्रकार र स्थानीयको सहभागीतामा ती छाउगोठ भत्काएको प्रहरीले जनाएको छ।