सुदूर नेपाललाई विश्वसँग जोड्दै

यस्तो लक्षण देखिए हुनसक्छ अल्सर, कसरी जोगिने ?

२०७६ पुष २९, ०१:२६ खबर संवाददाता

ग्याष्ट्रिक, जसलाई हामी राष्ट्रिय रोग भन्ने गर्छौ। अर्थात अधिकांश नेपालीको साझा रोग हो यो। ग्याष्ट्रिकलाई हामी उस्तो ख्याल गर्दैनौ। हाम्रो खानपान शैली र खानाको प्रकृति ग्याष्ट्रिकको कारण बन्ने गर्छ। जब ग्याष्ट्रिकको निदान खोजिदैन, त्यसले अर्को रोग निम्त्याउँछ। रोग हो, अल्सर। पेट वा सानो आन्द्रामा हुने संक्रमण, घाउ वा प्वाललाई पेटको अल्सर पनि भन्ने गरिन्छ। चिकित्सकिय भाषामा यसलाई पेप्टिक अल्सर वा गैस्ट्रिक अल्सर पनि भन्ने गरिन्छ।

साधारणतयाः आहार, तनाव तथा पेटमा अम्लियपना धेरै भएमा पेटको अल्सर हुने गर्छ। अल्सर प्रायः हेलिकोबैक्टर पाइलोरी नामक संक्रमणका कारण हुने गर्छ। पेटमा अल्सर भएमा पेट वा आन्द्राको सुरक्षात्मक परक टुट्न थाल्छ। अल्सर बढी भएमा आन्द्रा च्यातिने सम्भावना पनि बढी रहन्छ। लामो समयसम्म एन्टीबायोटिक्सको प्रयोग, पेनकिलर तथा स्टेराइडको औषधीको सेवन बाहेक मदिराको सेवनका कारण पेप्टिक अल्सर हुने गर्छ। अल्सर भएमा कसैलाई यसको लक्षण छिटै देखा पर्छ भने कसैलाई अल्सर भईसक्दा पनि यसको लक्षण देखा पर्दैन।

कसरी थाहा पाउने ?

अल्सर भएमा शरीरमा विभिन्न लक्षण देखा पर्ने गर्छ। अल्सर गम्भीर भइसक्दा पनि समयमै यसको उपचार नभएको खण्डमा यसले आन्तरिक रक्तश्राव गर्नुका साथै अन्य समस्या समेत निम्त्याउन सक्छ।

त्यस बाहेक यी संकेत देखिएमा पनि अल्सर भएको हुनसक्छ:-

पेटमा जलन

खाना खाने १ वा २ घण्टा पछि वा रातको समयमा पेटको माथिल्लो भाग वा बीचमा लजन महसुस हुन्छ भने यो अल्सरको संकेत हुन सक्छ।

वान्ता हुने

बारम्बार बान्ता हुनु वा वाकवाकी लाग्नु पेटको अल्सको संकेत हुनसक्छ।

पेट फुल्नु

अक्सर पेट फुल्ने समस्या अल्सरको निशानी हुने गर्छ।

छातीमा जलन

पेटमा मौजुद एसिड अन्ननलीमा आएर बसिदिन्छ। यसले गर्दा छातीनेरतेज जलन महसुस हुने गर्छ। यो पनि अल्सरको संकेत हुनसक्छ।

पेट घोच्नु

खाना खाएको १ वा २ घण्टा पश्चात्त वा रातको समयमा पेट घोचेको महसुस भएमा त्यो अल्सरको संकेत हुनसक्छ।

दिशाको रङ्ग

लामो समयसम्म गाढा वा कालो रङ्गको दिशा भइरहेमा त्यसलाई नजरअन्दाज नगरौ। यो अल्सरका कारण हुने व्लिडिङ्गका कारण हुनसक्छ।

रगत वान्ता

वान्तामा हल्का रगत आउनु अल्सरको संकेत हुनसक्छ।

तौल घट्नु

अचानक वजन घटेमा वा खाना खादाखादै पनि वजन घट्नु अलसरको संकेत हुनसक्छ।

पेट दुख्नु

अक्सर पेट दुखिरहनु वा केही खाए लगत्तै पटे बेस्सरी दुख्नु अक्सरका संकेत हुनसक्छ।

छिटो भोक लाग्नु

विना कारण बारम्बार भोक लाग्नु अल्सरको संकेत हुनसक्छ।
 

कमेन्ट लोड गर्नुस