सुदूर नेपाललाई विश्वसँग जोड्दै

मीठो निन्द्राका लागी सिरानीको प्रयोग नगर्नुस

२०७६ पुष २८, १०:५१

सफा तथा नरम ओछ्यान, नरम सिरानीले मीठो निन्द्रा लगाउन मद्दत गर्छ। कसै कसैले दुई वा दुईभन्दा बढी सिरानीको प्रयोग गरिरहेको हुन्छ।

वास्तवमा सुत्दा सिरानीको प्रयोग नगरेकै राम्रो मानिन्छ। हरेक दिन सुत्दा प्रयोग गरिने सिरानीले कपाल र छालालाई हानि पु¥याइरहेको छ। कपाल र छालालाई स्वास्थ्य राख्नका लागि विभिन्न उपायहरू अपनाउँदा–अपनाउँदै राति सुत्दा कपालको ख्याल नगरेको खण्डमा कपाल छिट्टै टुक्रिने वा रुखो हुने समस्या देखा पर्छ।  सुत्ने पोजिशनसँगै कपालको पोजिशन पनि परिवर्तित हुने हुँदा सिरानीमा कपाल बटारिएर, लट्टा पर्ने, झर्ने तथा कपालमा क्षति पुग्ने गर्छ ।

साथै, सुत्दा प्रयोग गरिने सिरानीले कपाल र छालाको नरमपन र प्राकृतिक तेल सोस्ने गर्छ, जसले गर्दा कपाल र छाला सुख्खा हुन्छ। आँखाले नदेख्नेगरी सिरानीमा टाँसिएका धूलो, फोहोर, कपाल, रौं र तेलजस्ता कुराहरू टाँसेका हुन्छन्। सुत्दा अनुहार सिरानीको सम्पर्कमा आउँछ र त्यसमा भएको फोहोरको कण हाम्रो अनुहारमा टाँसिने हुँदा छिद्रलाई बन्द भइ छालामा समस्या विभिन्न समस्या आउनुका साथै छाला छिट्टै चाउरी पर्छ।

सिरानी नलगाइकन सुत्दा राम्रो निद्रा लग्नुका साथै टाउको, गर्दन र काँधका नसाहरू सिधा राखी आराम पुग्छ र दुखाईबाट पनि छिट्टै निको हुन्छ। एकभन्दा धेरै सिरानीको प्रयोगले निद्रामा असर पु¥याउनुका साथै दिनदिनै झर्कोफर्को र तनाव अनुभव गर्न थाल्छौं। ओछ्यान र सिरानीको सरसफाइमा निकै ध्यान दिनुपर्ने हुँदा हरेक दुई दिनमा सफा सिरानीको खोल फेर्नु पर्छ र ६ महिनामा सिरानी नै फेर्नु उचित हुन्छ।

कमेन्ट लोड गर्नुस