सुदूर नेपाललाई विश्वसँग जोड्दै

एम्बुलेन्समा विवादित बनेपछि सामाजिक विकास मन्त्रालयले सबै खरिद प्रक्रिया रोक्यो

२०७६ पुष २८, ०६:०३ खबर संवाददाता

एम्बुलेन्स खरिदमा विवादित बनेको सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले अन्य सबै खरिद प्रक्रिया रोकेको छ। मन्त्रालयले एम्बुलेन्स खरिदको विषयमा छानविन हुँदा सम्मका लागि भन्दै तत्कालका लागि सबै खरिद प्रक्रिया रोकेको जनाएको छ।

सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले भने,‘प्रदेशका नौँ वटा स्वास्थ्य कार्यालयका लागि गाडी खरिदको प्रक्रिया सुरु भईसकेको थियो तर अहिले मैले रोक्न निर्देशन दिएको छु।’ एम्बुलेन्स खरिदको विषयमा बाहिर आएका विषयको छानविन गर्दा सम्म अन्य खरिद प्रक्रिया रोकेको उनले दिनेश खबरलाई बताए।

तर अतिआश्यक परेको खण्डमा सम्बन्धीत कार्यालयलाई नै खरिदका लागि बजेट निकासा दिईने समेत मन्त्री सुवेदीले जानकारी दिए। मन्त्रालयले चालु वर्षमा शव बाहान र थप एम्बुलेन्स खरिदका लागि बजेट विनीयोजन गरेको छ। तर यसअघि खरिद गरिएका १६ वटा एम्बुलेन्समा आर्थिक अनियमितता भएको आरोप लागेपछि मन्त्रालयले छानविन थालेको छ। 
 

कमेन्ट लोड गर्नुस