सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रहरीले बाजुरामा रहेका सामुहिक छाउगोठ भत्कायो

२०७६ पुष २८, ०४:५९

बाजुरा: बाजुरामा पनि प्रहरी परिचालन गरेर छाउगोठ भत्काइएको छ। प्रहरीले जिल्लाको सदरमुकामको बडिमालिका नगरपालिका–८ रतुडा टोलमा रहेका पाँच वटा छाउगोठ भत्काएको हो। 

रतुडामा ५० परिवारले सामुहिक रूपमा बनाएका ५ ओटा छाउगोठ एकै दिन नेपाल प्रहरी, स्थानीय तहका जनप्रतिनिधी पत्रकार र स्थानीयको सक्रियतामा भत्काइएको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ। 

उक्त स्थानमा रहेका दल बहादुर ऐडी, गोल चदारा प्रकाश ऐडी, लालबहादुर अएडी र बिन्दा कठाएतको घर नजिकै बाहीर बनाएका ५ ओटा सामुहिक छाउपडी गोठहरू भत्काएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

कमेन्ट लोड गर्नुस