सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमएम कप : गण्डकीलाई ९ विकेटले हराउँदै सुदूरपश्चिम सेमिफाइनलमा

२०७६ पुष २७, ०६:२५ खबर संवाददाता

मनमोहन मेमोरियल (एमएम) राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई ९ विकेटले हराउंदै सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार भएको खेलमा गण्डकी प्रदेशलाई ९ विकेटले हराएर अन्तिम चारमा स्थान पक्का गरेको हो। यसअघि सुदूरले मलेसिया सेलेक्सन ११ लाई ८ विकेटले हराएको थियो। 

पहिले ब्याटिङ गरेको गण्डकी २३ दशमलव ३ ओभरमा ६४ रनमा अलआउट भयो। गण्डकीका लागि किशोर महतोले सबैभन्दा बढी १७ रन दिए। अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए। गण्डकीको इनिङ ध्वस्त पार्न सुदूरपश्चिमका विनोद लामाले ७ विकेट लिए। म्यान अफ दि म्याच उनले ९ दशमलव ३ ओभरमा २ मेडन राख्दा १४ रन खर्चिए। शेर मल्लले २ र विक्रम ठगुन्नाले १ विकेट लिए। 

६५ रनको लक्ष्य सुदूरले १० दशमलव २ ओभरमा १ विकेटको क्षतिमका पार र्गयो। उसका लागि गजेन्द्र बोहराले ३४ रन जोड्दा खडक बोहराले नटआउट १६ र अरुण ऐरीले नटआउट १० रन जोडे। 
 

कमेन्ट लोड गर्नुस