सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुन तोलामा चार सय बढ्यो

२०७६ पुष २७, १२:४० खबर संवाददाता

नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला ४ सय र चाँदी प्रतितोला पाँच रुपैयाँ वृद्धि भएको हो। प्रतितोला ७४ हजार ६ सय रुपैयाँमा शुक्रबार कारोबार भएको छापावाला सुन आज ७५ हजारमा कारोबार भएको छ।

प्रतितोला ७४ हजार ३ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन ७४ हजार ७ सयमा कारोबार भएको महासंघले जनाएको छ। त्यसैगरी, शुक्रबार प्रतितोला ८८५ रुपैयाँमा कारोबार भएको चाँदी प्रतितोला पाँच रुपैयाँ बढेर तोलाको ८९० रुपैयाँमा कारोबार भएको महासंघले बताएको छ।

कमेन्ट लोड गर्नुस