सुदूर नेपाललाई विश्वसँग जोड्दै

लिभरपुलले बनायो क्लबको इतिहासमा नयाँ कीर्तिमान

२०७६ पुष २७, ०७:१८ खबर संवाददाता

इंग्लिस क्लब लिभरपुलले क्लबको इतिहासमा नयाँ कीर्तिमान बनाएको छ। टोटनह्यामविरुद्धको खेलमा एक–शून्यको जित निकालेको लिभरपुलले क्लबको एक सय ३१ वर्षे इतिहासमा सबैभन्दा उत्कृष्ट सुरुवात गर्ने कीर्तिमान बनायो। जारी लिगमा २१ खेलमा २० मा जित निकालेको लिभरपुलले यो सिजनको उपाधि जित्दै लामो समयको पर्खाइको अन्त्य गर्ने लक्ष्य राखेको छ।

युरोपियन च्याम्पियन क्लब लिभरपुलले टोटनह्यामविरुद्धको खेलमा जित निकाल्दा फेरमिन्होको एकमात्र गोल निर्णायक बन्यो। उनले खेलको ३७औँ मिनेटमा गोल गरेका थिए। मुख्य स्ट्राइकर हेरी केन बिना नै मैदानमा उत्रिएको टोटनह्याम लिभरपुलविरुद्ध ’कमब्याक’ गर्न सकेन र पराजित भयो। यो जितसँगै लिभरपुलको २१ खेलमा ६१ अङ्क भएको छ। लिभरपुलको लक्ष्य लिगमा ३८ खेलमा एक सय चार अङ्कको रेकर्ड पार गर्ने रहेको छ।

खेलपछि लिभरपुलका प्रशिक्षक जुर्गेन क्लोपले कीर्तिमान आफ्ना लागि कुनै महत्वपूर्ण नभएको प्रतिक्रिया दिए।
 

कमेन्ट लोड गर्नुस