सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका तीन नाकाबाट १० दिनमा साढे ११ हजार पर्यटक भित्रिए

२०७६ पुष २६, ०३:०४ खबर संवाददाता

सुदूरपश्चिमका तीन नाकाबाट १० दिनको अवधीमा साढे ११ हजार पर्यटक भित्रिएका छन्। भ्रमण बर्ष सुरु भएको १० दिनको अवधीमा त्रिनगर, गड्डाचौकी र खक्रौला नाकाबाट ११ हजार ५ सय ४३ जना पर्यटक भित्रिएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

कार्यालयका अनुसार सबैभन्दा बढी कैलालीको त्रिनगर नाकाबाट एक हजार ७ सय २३ गाडीमा ६ हजार ८ सय ७१ ज्ना पर्यटक भित्रिएका छन्। कञ्चनपुरको गड्डचौकी नाकाबाट ८ सय ४१ गडीमा तीन हजार तीन सय ४० र कैलालीकै खक्रौला नाबाट दुई सय ७४ गाडीमा एक हजार तीन सय ७१ पर्यटक भित्रिएका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख तथा प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले बताए।

तीन वटै नाकामा सहायता कक्ष स्थापना गरेर तथ्याङक संकलन गरिरहेको उनले बताए। भ्रमण बर्षको सुरुवातसंगै पहाडी जिल्लामा भएको हिमपातका कारण सुदूरपश्चिमले पर्यटक तान्न सफल भएको हो। 
 

कमेन्ट लोड गर्नुस