सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रीलंकाविरुद्धको टी-२० श्रृंखला भारतको जित

२०७६ पुष २६, ०६:५३ खबर संवाददाता

श्रीलंका विरुद्धको ३ ट्वान्टी-२० क्रिकेट श्रृंखला घरेलु टोली भारतले २-० ले जितेका छ। महाराष्ट्र क्रिकेट एशोसियशन मैदान पुनेमा सम्पन्न तेस्रो तथा अन्तिम खेलमा भारत ७८ रनले विजयी भयो। यसअघि पहिलो खेल वर्षाका कारण टस नभइ रद्द गरिएको थियो। दोस्रो खेलमा भारतले ७ विकेटको विजय हासिल गरेको थियो। शुक्रबार भारतले दिएको २ सय २ रनको विशाल लक्ष्य पछ्याएको श्रीलंका १५.५ ओभरमा १ सय २३ रनमै समेटियो।

श्रीलंकाका लागि २ खेलाडीले मात्र दोहोरो अंकमा रन बनाउन सके। धनन्जय डी शिल्भाले ५७ रनको योगदान गर्दा एंगेलो मेथ्युजले ३१ रन जोडे। अन्य खेलाडी लामो समय क्रिजमा टिक्न नसक्दा निर्णायक खेलमा श्रीलंकाको पारी ध्वस्त भयो।
भारतका नवदीप सैनीले ३ विकेट लिए। सार्दुल ठाकुर र वाशिंगटन सुन्दरले २-२ विकेट हात पारे। जसप्रित बुमराहले १ विकेट झारे। यसअघि टस हारेर ब्याटिङ गरेको भारतले निर्धा्रित ओभरमा ६ विकेट गुमाउँदै २ सय १ रनको विशाल योगफल खडा गरेको थियो।

भारतले उत्कृष्ट सुरुआत गरेको थियो। पहिलो विकेटका लागि शिखर धवन र केएल राहुलले ९७ रनको साझेदारी गरेका थिए। धवन ५२ रन बनाएर आउट भए। उनले ३६ बलमा ७ चौका र १ छक्का प्रहार गरे। यस्तै सन्जु सामसन व्यक्तिगत ६ रन बनाएर आउट हुँदा भारतको स्कोर १०६ रन रहेको थियो । धवन र मनिस पाण्डेले भारतको इनिङ्स अघि बढाएका थिए। तर व्यक्तिगत ५४ रन बनाउँदा धवन पनि पेभेलियन फर्किए। ३६ बलमा धवनले ५ चौका र १ छक्का प्रहार गरे।

श्रीयस एय्यर भने धेरैबेर क्रिजमा टिक्न सकेनन्। उनी ४ रन बनाएर आउट भएका थिए। मनिस पाण्डे र कप्तान विराट कोहलीले टिमको स्कोर १५० कटाएका थिए। कोहली व्यक्तिगत २६ रन बनाउँदै रनआउटको शिकार बने। उनले १७ बलमा २ चौका र १ छक्का प्रहार गरेका थिए।

कोहलीपछि क्रिजमा आएका वासिंगटन सुन्दर पहिलो बलमै आउट हुन पुगे। उनले खाता नै खोल्न सकेनन्। सार्दुल ठाकुरले पनि आक्रामक सट प्रहार गरेका थिए। अन्तिमसम्म क्रिजमा रहेका मनिष पाण्डे ३१ रनमा नट आउट रहँदा ठाकुर ८ बलमा २२ रन बनाउँदै नट आउट रहे। श्रीलंकाका लक्षण सन्दकनले तीन विकेट लिँदा वेनाडु हसरंगा र लिहरु कुमाराले एक एक विकेट लिए।
 

कमेन्ट लोड गर्नुस