सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा बाबु र छोरा घरमै मृत फेला, घटना शंकास्पद

२०७६ पुष २५, ०८:०३ खबर संवाददाता

बैतडी: बैतडीको तल्लो स्वराड क्षेत्रमा पर्ने शिवनाथ गाउँपालिका–२ मा बाबु र छोरा मृत फेला परेका छन्। बिहीबार साँझ खाना खाएरसँगै सुतेका उनीहरु शुक्रबार मृत अवस्थामा भेटिएका हुन्।

 फेला पर्नेमा ५८ वर्षीय बालीराम सार्की र उनका ५ वर्षीय छोरा नवीन सार्की रहेका छन। सँगै सुतेकी १० वर्षीया छोरी आरती भने बेहोस अवस्थामा भेटिएकी थिइन्।

मृतककी श्रीमती र अन्य साना छोरीहरु भने नजिकै रहेको अर्को घरमा सुतेका थिए। बेहोस भेटिएकी आरती शर्माली स्वास्थ्यचौकीमा उपचारपछि होसमा आएकी छन्।

घटना कसरी भएको हो भन्नेबारे अहिले नै भन्न सकिने अवस्था नरहेको घटनास्थलबाट जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गौरीप्रसाद जैसीले बताए। मृतकको शव पोस्टमार्टमका लागि मेलौली नगरपालिकाको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ।
 

कमेन्ट लोड गर्नुस