सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका मन्त्रालयद्धारा एउटै कम्पनी मार्फत करोडौँका गाडी खरिद

फाईल फोटो
फाईल फोटो
२०७६ पुष २५, ११:४८ जनक विष्ट

सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानून मन्त्रालयले हाल सम्म  पाँच करोड ३१ लाख ४१ ह्जार बराबरका सवारी साधन खरिद गरेको छ। मन्त्रालयले काठमाडौँको सिप्रदी ट्रेडिङ प्राली मार्फत ३६ लाख ९९ हजारका दरले तीन करोड ३२ लाख ९१ हजारमा प्रहरीका लागि ९ वटा गाडी खरिद गरेको छ।

काठमाडौँकै पायोनिर मोटाकर्पले एक करोड साढे २९ लाखमा र काठमाडौँकै अग्नी इन्कर्पोरिटेड प्रालीले ६९ लाखमा एउटा एउटा पिकअफ गाडी खरिद गरेको मन्त्रालयका सूचना अधिकारी लक्ष्मीदत्त जोशीले दिनेश खबरलाई बताए। प्रदेशको सामाजिक विकास मन्त्रालयले सात करोड ७२ लाखमा दुई वटा चार पाङ्ग्रे सवारी साधन, १६ एम्बुलेन्स र १५ मोटरसाईकल खरिद गरेको छ।

जसमा छ करोड ३५ लाख मूल्य पर्ने १६ एम्बुलेन्स काठमाडौँको सिप्रदी ट्रेडिङ प्राली मार्फत खरिद गरिएको छ। सामाजिक विकास मन्त्रालय मात्र नभई एक करोड ९५ लाखमा तीनवटा गाडी खरिद गरेको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले पनि झण्डै साढे एक करोड बराबरका दुई वटा गाडी सिप्रदी ट्रेडिङ प्राली मार्फत खरिद गरेको छ।

मन्त्रालयका सूचना अधिकारी भरतप्रसाद श्रेष्ठले सिप्रदी ट्रेडिङ प्राली मार्फत दुईवटा गाडी खरिद गरिएको जानकारी दिए। सिप्रदी ट्रेडिङ प्रालीले कानून, सामाजिक र पर्यटन मात्र होईन अन्य मन्त्रालयमा पनि गाडी खरिद गरेको छ। प्रदेश सरकारले हाल सम्म २९ करोड बराबरका सवारी साधन मध्ये झण्डै १५ करोड मूल्य बराबरका आधा भन्दा बढी गाडी सिप्रदीले नै आपूर्ती गरेको छ।

मन्त्रालय मात्र होईन प्रदेशसभा सचिवालयका अधिकांश गाडी सिप्रदीले ठेक्का पाएर खरिद गरेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश सरकारले आर्पूृतीकर्तासंगको मिलेमतोमा सवारी साधन खरिद गरी आर्थिक अनियमितता गरेको आरोप लगाएको छ।

प्रतिपक्षी दल कांग्रेसका  प्रदेशसभा सदस्य भरत खड्काले सेटिङमा एउटै कम्पनीलाई ठेक्का पार्दै अनियमितता गरिएको आरोप लगाए। उनले प्रदेश सरकारले सबै क्षेत्रमा मिलेमतो गरी व्यापक अनियमितता र भ्रष्टाचार गरेको दावी गरे। सिप्रदीले मिलेमतोमै पूरानो ट्रकलाई एम्बुलेन्स बनाएर सामाजिक विकास मन्त्रालयलाई बिक्रि गरेको आरोप लागेको छ।

तर प्रदेश सरकारका मन्त्रालय भने मिलेमतो नभई सार्वजनिक खरिद ऐन अनुसारका प्रक्रिया पुगाएर नै सवारी साधन खरिद गर्दै आएको दावी गरिरहेका छन्। सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले आवश्यक प्रक्रिया पुगाएर सिप्रदीलाई ठेक्का दिईएको बताए।

उनले बाहिर आएजस्तो मिलेमतो नभएको दावी गरे। मिलेमतोको आरोपपछि सिप्रदी ट्रेडिङ प्रालीले पनि मुख खोलेको छ। उसले पनि प्रदेश सरकारका मन्त्रालयले झै प्रक्रिया पुगाएर नै सवारी साधन खरिद गरिएको जिकिर गरेको छ। सिप्रदी ट्रेडिङ प्राली काठमाडौँका सेल्स म्यानेजर देव थपलियाले कानून सम्मत रुपमा टेण्डर हालेरै गाडी आपूर्ती गरिएको दिनेश खबरलाई बताए।

तर प्रदेश सरकारका सबै मन्त्रालयमा सवारी साधन खरिद सम्बन्धी जारी भएका टेण्डरमा बोलपत्र हाल्ने आपूर्तीकर्ताको संख्या पनि सीमित देखिएको छ भने उनीहरु सबैलाई कुनै न कुनै रुपबाट ठेक्का पारेको देखिएपनि सबैभन्दा बढि सिप्रदीकै छ। मन्त्रालयको गाडी आपूर्ती गर्नेमा पायोयिनर मोटोकर्प प्राली, अग्नी इन्कर्पेरिटेड, विशेष अटो मोवायल्स, बागेश्वरी अटोमोटिभ्स लगायतका कम्पनी छन्। 
  
  

 

 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस