कैलालीमा १ सय १५ छाउगोठ भत्काइयो
कैलाली: कैलालीमा १ सय १५ वटा छाउगोठ भत्काइएका छन्। जिल्लाको गोदावरी नगरपालीकाको वडा नम्बर १० र १२ मा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत प्रहरी र समाजिक अभियन्ता लगायतको सहभागितामा छाउगोठ भत्काइएका हुन्।
नगरपालीकाको वडा नम्बर १० सिउडी कटान, स्वार कटान, सितापुर र भागेश्वर क्षेत्रहरुमा निर्माण गरिएका ४६ ओटा र वडा नम्बर १२ को कोल्मुडा, कटान लगायतका क्षेत्रमा निर्माणगरिएका ६९ ओटा छाउगोठहरु भत्काईएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरिक्षक ज्ञानबहादुर बिष्टले बताए।
जनप्रतिनिधि, स्थानीय क्लबहरु, अगुवा महिला, संघसंस्थाका प्रतिनिधि, विद्यालयका छात्रछात्राहरु लगायतको सहभागितामा गोठहरु भत्कार्ईएको उनले बताए।