सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्थापना दिवसको अवसरमामा ‘प्याब्सन’द्वारा दृष्टि फाउण्डेशनलाई सहयोग

२०७६ पुष २४, ०५:२३ खबर संवाददाता

धनगढी: निजी तथा आवासीय विद्यालयहरुको संगठन (प्याब्सन) ले आफ्नो २९औं स्थापना दिवसको अवसरमा धनगढीमा रहेको दृष्टि फाउण्डेशनलाई सहयोग गरेको छ। 

प्याब्सन धनगढी नगरले दृष्टि फाउण्डेशनलाई नगद १० हजारसहित ५ हजार बराबरका सामग्री हस्तान्तरण गरेको छ।

दिवसका अवसरमा केन्द्रिय सदस्य, सुदूरपश्चिम पदाधिकारी र नगरकमिटी सदस्य लगायतको उपस्थितमा फाउण्डेशनका सञ्चालक कल्पना भट्टलाई सहयोग हस्तान्तरण गरिएको थियो। 
 

कमेन्ट लोड गर्नुस