सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा तेश्रो पटक हिमपात, जनजिवन प्रभावित

२०७६ पुष २४, ०७:३८ खबर संवाददाता

डडेल्धुरामा यस बर्ष तेश्रो पटक हिमपात भएको छ। मौसममा आएको परिवर्तनका कारण तेश्रो पटक हिमपात भएपछि जनजिवन प्रभावित भएको छ। डडेल्धुराको सदरमुकाम सहित विभिन्न क्षेत्रमा हिमपात भईरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले बताए।

भीमदत्त राजमार्ग अन्तरगत डडेल्धुराको साहुखर्क, हगुल्टेलगायतका स्थानमा पनि हिमपात भएको उनले बताए। हिमपातपछि हगुल्टे क्षेत्रमा भीमदत्त राजमार्ग नै अवरुद्ध भएको छ भने हिमपात भएपछि बढेको चिसोका कारण जनजिवन प्रभावित भएको छ। 
 

कमेन्ट लोड गर्नुस