सुदूर नेपाललाई विश्वसँग जोड्दै

इराकमा तैनाथ नेपाली शान्ति सेनालाई सतर्क रहन आग्रह

२०७६ पुष २४, ०६:०२ खबर संवाददाता

नेपाली सेनाले इराकमा शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसंघीय मिसनहरुमा खटिएका नेपाली सेनालाई सुरक्षा सतर्कता अवलम्बन गर्न निर्देशन दिएको छ। इराकमा अमेरिकाले गरेको हवाइ कारबाहीमा इरानी सैन्य कमान्डर कासिम सुलेमानीको ज्यान गएपछि अमेरिकी सैन्य बेस क्याम्पमा मिसाइल आक्रमण हुन थालेको छ।

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधबार विज्ञप्ति जारी गर्दै मिसाइल आक्रमण भइरहेकाले इराकको किर्कुक र इरविलमा रहेका नेपाली शान्ति सैनिकलाई सतर्कता अपनाउन निर्देशन दिएको हो। 

हालसम्म नेपाली सैनिकहरु भने सकुशल रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। शान्ति स्थापनाको लागि मिसन इराकको किर्कुक र इर्बिलमा तैनाथ नेपाली सेनाका गार्ड युनिटलगायत लेबनान र सिरियामा तैनाथ नेपाली सेनाका युनिटमा पनि विशेष सतर्कतासतर्कता अपाउन निर्देशन दिइएको छ।
 

कमेन्ट लोड गर्नुस