सुदूर नेपाललाई विश्वसँग जोड्दै

न्यू सुपर चमत्कारिक निक्षेप योजनाका साथ एनआईसी एशिया बैंक

२०७६ पुष २३, ०६:२७ खबर संवाददाता

एनआईसी एशिया बैंकले आफ्ना निक्षेप योजनामा आम ग्राहक महानुभावहरुलाई थप फाइदाहरु पस्कदैं न्यू सुपर चमत्कारिक निक्षेप योजनाहरु सार्वजनिक गरेको छ।

सन २०२० को अवसरमा बैँकले गत मंसिर २४ गतेबाट निक्षेप लगायतका नयाँ योजनाहरु सार्वजनिक गरेको हो। धनगढीमा बुधार प्रदेश कार्यालयले नयाँ योजनाका बारेमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो। सन २०२० को अवसरमा सार्वजनिक गरिएका योजनाहरुमा २१ लाखको बीमाको सुविधा छ।

यो सुविधा अन्तरगत दुर्घटना तथा १८ घातक रोगहरुको बीमामा १० लाख, एक लाख सम्मको औषधि उपचार, अस्पतालको ओपीडी सेवामा २० हजार र अस्पताल भर्नामा ८० हजार सम्मको बीमाको सुबिधा बैँकले ल्याएको छ। चमत्कारिक फाईदाहरु समेटी उत्कृष्ट बीमा सुरक्षा योजना, कर्जाको ब्याजदर तथा प्रशासनिक शुल्कमा विशेष छुट, निःशुल्क होम बैंकिङ्ग सुविधा, निःशुल्क लकर सुविधा, देशभरका कुनैपनि बैंकको कुनै पनि एटिएमबाट रकम झिक्दा शुल्क नलाग्ने, लगायतका ३० चमत्कारिक फाइदाहरु सहित बैंकले न्यू सुपर चमत्कारिक निक्षेप योजनाहरु सञ्चालनमा ल्याएको हो।

एनआईसी एशिया बैँकमा सिल्भर, गोल्ड र डायमण्ड सेवा लिएका ग्राहकहरुले फरक–फरक सेवा पाउनेछन्। उनीहरुले ६ दशमलव ५ प्रतिशतको ब्याजदर समेत प्राप्त गर्ने बैँकका सुदूरपश्चिम निक्षेप प्रमुख खेमराज भट्टले बताए। उनका अनुसार बैँकले पुराना योजनाहरुलाई सुधार गर्दै नयाँ योजनाहरु सार्वजनिक गरेको हो। एनआईसी एशिया बैँकमा अहिले तीन सय १३ शाखा कार्यालय, चार सय ८ एटिएम, एक सय ३ एक्स्टेन्सन काउण्टर, ४५ शाखा रहित बैकिङ्ग सेवा रहेका छन्। बैँकका २० लाख ग्रहाकहरु रहेको बैँकले जनाएको छ।

कमेन्ट लोड गर्नुस