सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कार दुर्घटना हुँदा २ जना घाईते

२०७६ पुष २३, ०६:१४ खबर संवाददाता

धनगढीमा कार दुर्घटना हुँदा दुई जना घाईते भएका छन्। धनगढी उप–महानगरपालिका वडा नम्वर १५ मा बा २० च ४७२८ नम्वरको कार दुर्घटना हुँदा कैलारी गाउँपालिका वडा नम्वर ३ का हरिप्रशाद चौधरी र उनकी श्रीमती चमेली चौधरी घाईते हुनुभएको हो।

दुवै जनाको धनगढी स्थीत सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ। चाल कैलारी गाउँपालिकाका चुन्नुराम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। आँफै अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कमेन्ट लोड गर्नुस