सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा छाउगोठमा महिलाको मृत्युः पक्राउ परेका जेठाजु धरौटीमा रिहा

२०७६ पुष २३, ०४:४९ खबर संवाददाता

अछाम: गत मंसिरको दोस्रो साता अछामको साँफेबगर नगरपालिका– ३ सिद्देश्वरकी २१ वर्षीया पार्वती बुढा रावतको महिनावारी भएका बेला राति छाउगोठमा निधन भएको थियो। उनको मृत्यु भएपछि प्रहरीले घटना अनुसन्धानका लागि भन्दै उनका जेठाजु छत्र रावतलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका छत्र रावत धरौटीमा रिहा भएका छन्। उनी चार दिनअघि १५ हजार धरौटीमा रिहा भएकोे जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ। 

मृतक पार्वतीका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा भारतमा रहेको र सासूससुरा पनि घरमा नभएकाले घरको तत्काल अभिभावक रहेका आधारमा प्रहरीले जेठाजुलाई पक्राउ गरेको थियो।
 

कमेन्ट लोड गर्नुस