सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउन ‘भिजिट मधेश नेपाल–२०२०’ को घोषणा

२०७६ पुष २३, ०३:४९

’नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउने उद्देश्यले ‘भिजिट मधेश नेपाल–२०२०’ को घोषणा गरिएको छ। नेपाल भ्रमणका लागि आएका विदेशी पाहुनालाई मधेश भ्रमण गराउने उद्देश्यका साथ यो कार्यक्रम घोषणा गरिएको हो। 

भिजिट मधेश नेपालले मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा ‘भिजिट मधेश डटकम’ र ’भिजिट मधेश’ नामको मोबाइल एपको पनि सुरुवात गरिएको छ। तराई मधेशको फरक हावापानी, पर्यावरण, ऐतिहासिक, पुरातात्विक, धार्मिक एवं प्राकृतिक सम्पदा र धरोहरहरुले पर्यटकलाई थप आकर्षित गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।

तराई र मधेशका २२ वटै जिल्लालाई जोड्ने गरी नागरिकस्तरबाट ‘भिजिट मधेश नेपाल’ अभियान दुई वर्षदेखि जारी रहेको जनाइएको छ। पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तिमा भनिएको छ, ‘तराई–मधेशका पर्यटकीय गन्तव्य, संस्कृति, खानपान, रहनसहन, भेषभुषा एवं विशेषतालाई विभिन्न किसिमको कार्यक्रम सञ्चालन गरि राष्ट्रिय र अन्तर्रा्ष्ट्रियस्तरमा प्रवर्द्धन गर्दै अगाडि बढिरहेको छ।’ रासस
 

कमेन्ट लोड गर्नुस