सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकै दिनमा १ हजारले बढ्यो सुन

२०७६ पुष २३, १२:०६ खबर संवाददाता

नेपाली बजारमा सुनको मूल्य १ हजार रुपैयाँले बढेको छ। बुधबार सुन तोलाको ७६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार तेजावी सुनको मूल्य ७६ हजार २ सय रुपैयाँ कायम गरिएको छ।मंगलबार सुन तोलामा ५ सयले घटेर तोलाको ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। आज चाँदी तोलामा २० रुपैयाँले बढेको छ। चाँदी तोलाको ९२० रुपैयाँमा कारोबार भइरहेको छ। सुन चाँदी महासंघका अनुसार इरान र अमेरिकाबीचको आन्तरिक विवादले सुनको भाउ लगातार बढेको हो।
 

कमेन्ट लोड गर्नुस