सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘भ्रमण वर्ष सफल तुल्याउन आन्तरिक महोत्सवको सहयोग’

२०७६ पुष २२, १०:२१

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सरकारले अघि बढाएको नेपाल पर्यटन वर्ष २०२० लाई सफल बनाउन आन्तरिक महोत्सवले सहयोग पु¥याउने बताएका छन्।  

सप्ताहव्यापी स्वयम्भू महोत्सवको समापनमा मन्त्री मानन्धरले पर्यटन वर्षलाई सफल तुल्याउन आन्तरिक पर्यटकीय सम्भावना बोकोका स्थानलाई पहिचान गरी प्रवद्र्धन गर्नुपर्ने बताए। कामपाका प्रमुख विद्यासुन्दर शाक्यले विश्व सम्पदा सूचीमा सूचीकृत स्थानको पहिचानलाई विश्वभर फैलाउन कामपा क्रियाशील रहेको बताउँदै पर्यटकीयस्थानको प्रवद्र्धनमा सबै लाग्नुपर्ने बताए। 

महोत्सवले बडाबासीबीच आपसी सद्भाव बढाएको उल्लेख गर्दै महानगरका प्रवक्ता एवं वडाध्यक्ष ईश्वरमान डङ्गालले भने, “विश्व सम्पदा क्षेत्र स्वयम्भूको ऐतिहासिकता, मौलिकता, धार्मिक सहिष्णुता र स्थानीय जातीय विधिधताको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव शुरु गरेका थियौं, लक्ष्य प्राप्त ग¥यौं। ”

महोत्सव गत १६ गते शुरु भएको थियो। ‘स्वयम्भू जाउ, नेपाल पर्यटन वर्ष मनाऔं’ नारासहित आयोजना गरिएको कार्यक्रम वडा १५ र महानगरीय प्रहरी वृत्तको संयुक्त आयोजनामा सञ्चालन भएको हो। यसमा नेपाल प्रहरीसहित ट्राफिक प्रहरी, पर्यटक प्रहरी, सामुदायिक प्रहरीसेवा केन्द्र, स्थानीय सामुदायिक सङ्घ संस्था, होटल व्यवसायी र सरोकारवालाको सहभागिता थियो। 
नेपाल पर्यटन वर्षका कार्यक्रममा र काठमाडौँलाई सांस्कृतिक शहरका रुपमा परिचित गराउन सहयोग पुग्ने अपेक्षा गरिएको सप्ताहव्यापी कार्यक्रममा ४७ घरेलु तथा हस्तकलाका सामग्री र खानेकुराका स्टल राखिएका थिए। त्यस्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसँगै राष्ट्रिय र स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुति रहेको थियो। महोत्सव समापन हुनुअघि वसन्तपुर विश्वदेखि स्वयम्भूसम्म दुईवटा विश्व सम्पदा क्षेत्र जोड्ने सम्पदा मार्गमा पैदलयात्रा गरिएको थियो। -रासस
 

कमेन्ट लोड गर्नुस