सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमले तान्यो पर्यटक, ६ दिनमा तीन नाकाबाट ५ हजार बढी पर्यटक भित्रिए

२०७६ पुष २२, ०१:०२ खबर संवाददाता

भ्रमण बर्ष २०२० सुरु भएको ६ दिनमा सुदूरपश्चिमका तीन नाकाबाट ५ हजार बढी पर्यटक भित्रिएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार भ्रमण बर्ष सुरु भएको ६ दिनको अवधीमा एक हजार १ सय ३४ सवारी साधनमा ५ हजार एक सय ५८ जना भारतीय पर्यटक भित्रिएका हुन्।

कैलालीको त्रिनगर नाकाबाट ६ सय ९३ सवारी साधनमा दुई हजार ८ सय ५१, खक्रौला नाकाबाट एक सय ४५ सवारीमा ७ सय ६९ जना र कञ्चनपुरको गडडाचौकी नाकाबाट २ सय ९६ सवारीमा एक हजार ५ सय ३८ जना पर्यटक भित्रिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख तथा प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले बताए। 

भ्रमण बर्ष सुरु भएको दिन अर्थात पुस १६ गते त्रिनगर नाकाबाट एक सय १५ वटा सवारी साधन आएकोमा चार सय ६८ पर्यटक भित्रिएका थिए। यस्तै गड्डाचौकीबाट ५६ सवारीमा दुई ६८ र खक्रौलामा ६० सवारीमा तीन सय ४७ पर्यटक भित्रिएका थिए। यस्तै पुस १७ गते त्रिनगरमा एक सय २७ सवारीमा पाँच सय ७८, गड्डाचौकीमा १६ सवारीमा तीन सय १५ र खक्रौलामा ३५ सवारीमा एक सय ६० पर्यटक आएका छन्। 

१८ गते एक सय एक सवारीमा चार सय दुई, गड्डाचौकीबाट ३५ सवारीमा एक सय ६०, खक्रौलामा ८ सवारीमा ५६ जना पर्यटक भित्रिएकोमा १९ गते त्रिनगरबाट ८६ सवारीमा तीन सय २६, गड्डाचौकीबाट ५८ सवारीमा दुई सय ३० र खक्रौलाबाट १२ सवारीमा ७६ जना पर्यटक भित्रिएका छन्।

२० गते त्रिनगर नाकाबाट एक सय ७३ सवारी साधन भित्रिएकोमा सात सय ४२ जना पर्यटक भित्रिएका छन्। यस्तै गड्डाचौकीबाट ८५ सवारीमा तीन सय ६३ र खक्रौलाबाट १८ सवारीमा ७० जना पर्यटक भित्रिएका थिए। २० गते आईतवार भएकाले धेरै भारतीय पर्यटक सुदूरपश्चिम घुम्न आएका थिए। 

यस्तै भ्रमण बर्ष सुरु भएको छैठौ दिन अर्थात पुस २१ गते त्रिनगर नाकाबाट ९१ सवारीमा तीन सय ३५, गड्डाचौकीबाट ४६ सवारी साधमा दुई सय दुई र खक्रौलाबाट १२ सवारीमा ६० जना पर्यटक भित्रिएको तथ्याङक प्रदेश ट्राफिक प्रहरी कार्यालयको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख श्रेष्ठले भारतीय र विदेशी पर्यटकको तथ्याङक संकलनका लागि तीन वटै नाकामा सहायता कक्ष राखिएको बताए। श्रेष्ठले दिनेश खवरलाई भने– ‘भ्रमण बर्ष सुरु हुन अगाडीदेखि नै ट्राफिक प्रहरी तयारीमा जुटिसकेको थियो। अहिले नेपालीहरु बाहेक त्रिनगगर, गड्डाचौकी र खक्रौला नाका भएर आउने सबैको तथ्याङक संकलन गरिहेका छौ।’

उनका अनुसार तीन वटै नाकाबाट भित्रिने अधिकासं पर्यटक भारतीय रहेका छन्। ‘विगतमा पर्यटकलाई ट्राफिक प्रहरीले पनि सताउने गुनासो आउथ्यो ’ उनले भने, ‘अहिले सीमा नाकामा एक पटक चेकजाँच गरेपछि पटक–पटक चेकजाँचको नाममा सताउने प्रवृती पूर्ण रुपमा अन्त्य भएको छ।’

 

कमेन्ट लोड गर्नुस