सुदूर नेपाललाई विश्वसँग जोड्दै

घट्यो सुनको भाउ

२०७६ पुष २२, १२:२३ खबर संवाददाता

सोमबार प्रतितोला ७६ हजारमा ऐतिहासिक मूल्य कायम गरेको सुन मंगलबार भने घटेको छ। आज ५ सय रुपैयाँले घटेर प्रतितोला छापावाल सुन ७५ हजार ५ सय भएको सुनचाँदी व्यावसायी महासंघले बताएको छ। यस्तै, तेजावी सुन प्रतितोला ७५ हजार २ सयमा कारोबार भइरहेको छ।

अन्तर्राष्टिय बजारमा सोमबार बेलुका सुनको मूल्य घटेकाले नेपाली बजारमा पनि सुन सस्तो भएको हो। हिजो प्रतिऔंस १५ सय ७७ अमेरिकी डलरमा कारोबार भएको सुन आज १५ सय ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस