सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा दैनिक हजार पर्यटक

२०७६ पुष २२, १०:४५ खबर संवाददाता

धनगढी – सुदूरपश्चिम प्रदेशमा भ्रमण बर्ष सुरु भएसंगै पर्यटकको सङख्यामा समेत बृद्धी भएको छ। भ्रमणको सुरुवातसंगै पहाडी जिल्लामा हिमपात भएपछि हिउँ हेर्न जाने पर्यटकको सङख्यामा बृद्धी भएको हो। पछिल्लो केही दिनयता प्रदेशमा दैनिक एक हजारभन्दा बढी पर्यटक आइरहेका छन्। भारतबाट आउने अधिकासं पर्यटकहरु डडेल्धुरा सम्म पुगेर हिउँमा रमाएर फर्किने गरेका छन्। 

प्रदेश ट्राफिक कार्यालय अत्तरियाको तथ्यांक अनुसार धनगढीको त्रिनगर, महेन्द्रनगरको गड्डाचौकी र टीकापुरको खक्रौला नाकाबाट मात्र प्रत्येक दिन हजारभन्दा बढी भारतीय पर्यटक आइरहेका छन्। सबैभन्दा बढी धनगढीको त्रिनगर नाकाबाट पर्यटक आउने गरेका छन्।

भ्रमण वर्ष सुरु भएको पहिलो दिन पुस १६ गते एक हजार ८० जना पर्यटक सुदूरपश्चिम प्रदेशमा आएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले बताए।  ६ दिनको अवधीमा झण्डै ६ हजार पर्यटक तीन नाकाबाट भित्रिसकेको उनले बताए।

भारतका उत्तरप्रदेश, उत्तराखण्ड, हरियाना, दिल्ली राज्यका धेरै सहरबाट पर्यटक आईरहेका छन्। तर पर्यटकीय क्षेत्रको सुचना नपाउँदा उनीहरु अन्यौलमा पर्ने गरेका छन्। 
 

कमेन्ट लोड गर्नुस