डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले बेरोजगार युवालाई मोटरसाइकल मर्मत तालिम दिँदै
डडेल्धुरा: डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले बेरोजगार युवालाई ४५ दिने मोटरसाइकल मर्मत तालिम दिने भएको छ।
गाउँपालिकाले सोमबार एक कार्यक्रमको उद्घाटन गरेर ४५ दिने तालिमको सुरुवात गरेको छ। बेरोजगार युवाहरलाई स्वरोजगार बनाउनको लागि घरेलु तथा साना उद्योग विकास समिति र गन्यापधुरा गाउँपालिकाको आयोजनामा सो कार्यक्रम सञ्चलान गरिएको गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लले बताए।
उक्त तालिममा गाउँपालिका भित्रका १० जाना बेरोजगार युवाहरु सहभागी रहेको उनले जानकारी दिए।