सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा सुत्केरी व्यथाले छट्पाईरहेकी महिलाई हिउँमाथि अलपत्र छोडेर श्रीमान बेपत्ता

२०७६ पुष २१, ०६:२३ खबर संवाददाता

सुत्केरी व्यथाले छट्पटाउँदै गरेकी महिलालाई हिउँमाथि अलपत्र छाडेर श्रीमान सम्पर्कविहीन भएका छन्। सुत्केरीको बैतडी प्रहरीले उद्दार गरेको छ। सुत्केरी व्यथा लागेर हिउँमाथि छट्पटाउँदै अलपत्र परेकी कुमारी बिष्टलाई बैतडी प्रहरीले उद्दार गरेर प्रसूति केन्द्र पु¥याएपछि बिष्टले छोरो जन्माईन्।

बैतडीको पुरचौडी नगरपालिका–१०, डाँडागाउँका अम्मर बिष्टले सुत्केरी श्रीमति कुमारी बिष्टलाई अलपत्र छोडेर साथमा भएको एकहजार रुपियाँ समेत लगेर सम्पर्कविहीन भएका छन्। श्रीमानले अलपत्र पारेर हिँडेपछि सुत्केरी कुमारी बिष्टलाई बैतडी प्रहरीले शनिबार दोगडाकेदार गाउँपालिकाको सिल्लेगडा बजारमा रोईरहेको अवस्थामा फेला पारेको थियो। सुत्केरी श्रीमतिलाई छोडेर हिँड्ने श्रीमान अम्मर बिष्टको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रनाउ डिल्लीनारायण पाण्डेले बताए।

प्रनाउ पाण्डेयले भने,‘सुत्केरी हुन श्रीमानको साथमा बैतडी अस्पताल आएकी कुमारी बिष्टलाई अस्पतालले १९ गते रेफर गरेको रहेछ। रेफर गरिएकी श्रीमतिलाई छोडेर एकहजार रुपियाँसमेत लगेर श्रीमानले सम्पर्कविहीन छन्। श्रीमानले छोडेरपछि सुत्केरी महिला बसमा चढेर दोगडाकेदारको सिल्लेगडा पुग्नुभयो । शनिबार हिमपात पनि भईरहेको थियो।

सुत्केरी महिला बजारमा छट्पटाउँदै रोईरहेको खबर आएपछि तुरुन्तै उद्धार गर्यौं।’हिमपात र वर्षा भईरहेको बेलामा सुत्केरी महिला छट्पटाउँदै रोईरहेको सूचना पाएपछि स्थानीय खोचलेक प्रहरी चौकीका ईन्चार्ज शंकरदत्त भट्टको कमाण्डमा चार जना प्रहरी खटाएर सुत्केरीको उद्धार गरिएको प्रनाउ पाण्डेयले बताए। सुत्केरीलाई अस्पताल लैजान जिप बुक गरे पनि सुर्नया गाउँपालिकाको धर्मघरमा हिमपातमा गाडी फसेपछि सुत्केरीलाई पुनः दोगडाकेदार गाउँपालिकाको सिल्लेगडा प्रसूति केन्द्रमा पु¥याएपछि कुमारी बिष्टले आईतबार बिहान ६ः०० बजे छोरो जन्माएको प्रहरीले जानकारी दिएको छ।

कुमारी बिष्ट पहिलो पटक सुत्केरी भएको र उनका श्रीमान अम्मर बिष्ट यसअघि दार्चुलामा ज्यालामजदूरीको काम गर्ने गरेको सूचना प्रप्त भएको प्रहरीले जानकारी दिएको छ। सुत्केरीपछि कुमारी बिष्टलाई प्रहरी र स्थानीय बजारवासीले न्यानो लुगा उपलब्ध गराएका छन्। सुत्केरी महिला र बच्चाको अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीले बताएका छन्। 
 

कमेन्ट लोड गर्नुस