सुदूर नेपाललाई विश्वसँग जोड्दै

बहुचर्चित सुडान घोटालाः डडेल्धुराका ठेकेदार भारती जेल मुक्त

२०७६ पुष २०, ०९:०६ खबर संवाददाता

बहुचर्चित सुडान घोटाला काण्डका ठेकेदार शम्भु भारती जेलमुक्त भएका छन्। डडेल्धुराको भागेश्वर गाउँपालिका– ४ रुपालका उनलाई गएको भदौ १२ गते पक्राउ परेर डिल्ली बजार कारागारमा थुनामा रहेका भारतीलाई सर्वोच्च अदालतले जेलबाहिर बसेर मुद्दाको पुनरावलोकन गर्न पाउने सुविधा दिएको हो।

शन्तिास्थापनका लागि सुडानमा खटिने नेपाल प्रहरीका लागि चाहिने बन्दोवस्तीका सामाग्री खरिद गर्ने क्रममा भारतीले अस्योर्ड रिक्स लिमिटेड, लन्डनका स्थानीय प्रतिनिधिका रुपमा प्रहरीका उच्च अधिकारीसँग मिलेर भ्रष्टाचार गरेको ठहर सर्वोच्च अदालतले गरेको थियो।

भारतीलाई सर्वोच्चले सुडान घोटाला काण्डमा दोषी रहेको ठहर गर्दै १४ करोड २० लाख बिगो र जरिवानासहित एक वर्ष जेल सजाय सुनाएको थियो।मुद्दा फैसलापछि फराहर रहँदै आएका भारतीलाई भदौमा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले ललितपुरबाट पक्राउ गरेको थियो। डिल्ला बजार कारागारकी निमित्त प्रमुख सीता अधिकारीले भारती आइतबार सर्वौच्चको आदेशअनुसार मुक्त गरिएको जानकारी दिइन्।

शम्भु भारतीको गृह जिल्ला डडेल्धुरा भएपनि उनी काठमाडौं बस्दै आएका थिए। उनको कञ्चपुरको सुडामा समेत घर रहेको बताइएको छ। 
 

कमेन्ट लोड गर्नुस