डडेल्धुरामा स्वर्गीय क्रिकेटर सिंहको सम्झनामा दिप प्रज्वलन
डडेल्धुराको आलिताल गाउँपालिका–६ का क्यान्सर पिडित क्रिकेट खोलाडी स्वर्गीय केशव सिंहको सम्झनामा दीप प्रज्वलन गरिएको छ।
उनको सम्झनामा डडेल्धुराका क्रिकेटर तथा क्रिकेट प्रेमीद्वारा दिप प्रज्वलन गरिएको छ। डडेल्धुरा सदरमुकाममा भेला भएर उनको सम्झनामा दिप प्रज्वलन गरिएको क्रिकेट खेलाडी शुनील तामाङले बताए।
सिंहको २७ वर्षकै कलिलो उमेरमा शुक्रबार डडेल्धुरामा निधन भएको थियो। कलेजो र फोक्सोको क्यान्सरबाट पिडित सिंहको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या हुँदै आएको थियो। उनको भारतको राजधानी दिल्लीस्थित राजिब गान्धी अस्पतालमा लामो समय सम्म उपचार भएको थियो।
सिंहको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएपछि सुदूरपश्चिममा उनलाई बचाउँन अभियान समेत थालिएको थियो। उनले डडेल्धुराबाट विभिन्न समयमा क्षेत्रीय क्रिकेट प्रतियोगिता खेलिसकेका थिए।