सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा ट्रक दुर्घटनापछि अवरुद्ध राजमार्ग सुचारु

२०७६ पुष २०, ०१:५४ खबर संवाददाता

 बैतडीमा ट्रक दुर्घटना हुँदा अवरुद्ध भएको दशरथचन्द राजमार्ग सञ्चालनमा आएको छर। दशरथचन्द राजमार्गको अनारखोली खण्डमा शनिबार राति ट्रक दुर्घटना भएपछि यातायात सेवा अवरुद्ध भएकोमा आज दिउँसोबाट सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार शनिबार राती ८ बजेतीर अनारखोलीमा ट्रक दुर्घटना भई नालीमा खसेपछि सडक अवरुद्ध भएको हो। तर जेसीबीको सहयोगमा दुर्घटना ग्रस्त ट्रक सडकबाट हटाईएपछि राजमार्ग सुचारु भएको हो।  राजमार्ग सञ्चालन भएसँगै शनिबार रातिदेखि अलपत्र परेका सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन्। 

कमेन्ट लोड गर्नुस