सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा ट्रक दुर्घटना हुँदा फेरी राजमार्ग अवरुद्ध

फाईल फोटो अनारखोली
फाईल फोटो अनारखोली
२०७६ पुष २०, ०८:०६ खबर संवाददाता

बैतडीमा ट्रक दुर्घटना हुँदा दशरथचन्द राजमार्ग फेरी अवरुद्ध भएको छ। दशरथचन्द राजमार्गको अनारखोली खण्डमा शनिबार राति ट्रक दुर्घटना भएपछि यातायात सेवा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार शनिबार राती ८ बजेतीर अनारखोलीमा ट्रक दुर्घटना भई नालीमा खसेपछि सडक अवरुद्ध भएको हो।

अहिले जेसिबीले सडक खुलाउने प्रयास भईरहेको प्रदेश ट्राफिक प्रहरीले जनाएको छ। तर घटना स्थल पुगेको टोलीसँग सञ्चार सम्पर्क नहुँदा दुर्घटना सम्बन्धी अन्य विवरण खुलेको छैन्। 

कमेन्ट लोड गर्नुस