स्टेशनरी व्यवसायी महासंघको आठौं वार्षिक साधारण सभा धनगढीमा सम्पन्न
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कैलालीको आठौं वार्षिक साधारण सभा धनगढीमा सम्पन्न भएको छ।
कर्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कैलालीका कोषाध्यक्ष शम्भु लामिछानेले आर्थिक वर्ष २०७५/२०७६ को ११ लाख ३९ हजार ३ सय ९६ रुपियाँ आयव्यय प्रस्तुत गरेका थिए। संस्थाका सह सचिव खगराज भुसाललले वार्षिक प्रगति विवरण र कार्य योजना प्रस्तुत गरेका थिए।
कार्यक्रममा सहभागी कैलाली जिल्लामा रहेका पुस्तक तथा स्टेशनरी व्यवसायीले सम्पूर्ण पाठ्यपुस्तकहरुमा अंकित मूल्यमा विक्री वितरण गर्न र प्रतिस्पर्धा नगरि पाठयपुस्तको मूल्य एकरुपता हुनुपर्ने कुरा बताए थिए। बजारमा अस्वस्थ प्रतिस्पर्धाको कारणले पाठयपुस्तक विक्री वितरणमा समस्या आएकोले मूल्यमा एकरुपता कायम गर्न संगठनलाई पहल गर्न सुझाईएको छ।