धनगढीको हिमशिखरको शेयर पुँजि दुई करोड
धनगढीको हिमशिखर सहकारी संस्थाको शेयर पुँजि दुई करोड पुगेको छ। ११औँ वर्षमा प्रवेश गरेको सहकारीको दुई करोड पुँजि पुगेको हो।
संस्थाका प्रबन्धक महेन्द्र शाहीले प्रस्तुत गरेको प्रतिवेदनमा २ करोड ५ लाख ६४ हजार ५ सय सेयर पुँजि रहेको उल्लेख गरिएको छ। आर्थिक वर्ष २०७४÷७५ मा एक करोड ३७ लाख ७० हजार ७ सय सेयर पुँजि रहेको संस्थाले एक वर्षमै ६७ लाख ९३ हजार ८ सय शेयर पुँजि बढाएको हो। संस्थाले गत आर्थिक वर्षमा ५८ लाख ५४ हजार ३ सय १४ रुपयाँ मुनाफा आर्जन गरेको जनाएको छ। गत वर्षको तुलनामा यस वर्ष शेयर सदस्यहरुको संख्या ४१ प्रतिशतले बृद्धी भएको छ। आगामी वर्ष सेयर सदस्यहरुको संख्या ९३ प्रतिसतले बढाउने सहकारीको लक्ष्य छ।
आगामी वर्ष शेयर पुंजी समेत २ करोड ४६ लाख ७० हजार पु¥याउने लक्ष्य संस्थाले लिएको छ। आर्थिक बर्ष २०७४/७५ मा १६ करोड हाराहारी रहेको निक्षेप हाल ३९ दशमलव ६१ प्रतिशतले बृद्धी भएको छ। आगामी वर्ष कुल निक्षेपमा ३७ प्रतिशतले बृद्धी गरी २८ करोड ८६ लाख पु¥याउने संस्थाको लक्ष्य संस्थाको छ।
बार्षिक साधारणसभाको उद्घघाटन प्रदेशसभा सदस्य डिल्लीराज पन्तले गरेका हुन्। हिमशिखर सहकारी संस्थाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीको अध्यक्षतामा भएको एघारौँ बार्षिक साधारणसभामा विभिन्न माध्यमबाट सामाजिक कार्यमा सक्रिय तथा सहकारीलाई सहयोग पु¥याएका ब्यक्तीहरुलाई सम्मान गरिएको थियो।
कार्यक्रममा समाजसेवी बद्रीनाथ भण्डारी, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य कर्ण शाह, सबैभन्दा बढी शेयर कित्ता भएका र भवन निर्माणमा प्राविधिक सहयोग गरेका कृष्ण गोपाल भण्डारी, ज्येष्ठ नागरीक शेयर सदस्य ७२ वर्षिया कृष्णदेवी सिंह, असल ऋणी केशरीदेवी चौधरी, शुभप्रेरण महिला समुहकी उत्कृष्ट बचत कर्ता निरा प्रसाई लगायतलाई सहकारीले कार्यक्रममा सम्मान गरिएको थियो।