हिमपातका कारण डडेल्धुरामा अलपत्र परेकी बिरामीको हेलिकोप्टरमार्फत उद्धार
डडेल्धुरा: बिहिबारदेखिको हिमपातका कारण डडेल्धुरा अस्पतालमा अलपत्र परेकि एक बिरामीको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। हिमपातका कारण सुदूपश्चिम प्रदेशका पहाडी जिल्लाका विभिन्न राजर्माग अवरुद्ध भएपछि उनी अलपत्रमा परेकी थिइन।
दार्चुलाको लेकम गाउँपालिका– ४ की ३८ वर्षीया माधवी पाल बिहीबार दिउँसो भिरबाट खसेर अचेत अवस्थामा रहेकी थिइन। त्यसपछि उनीलाई उपचारको लागी डडेल्धुरा अस्पतालमा ल्याइएको थियो।
टाउकोमा गम्भीर चोट लागेको उनको डडेल्धुरा अस्पतालमा पनि उपचार हुन नसकेपछि थप उपचारका लागी अन्यत्र रिफर गरिएको थियो। तर हिमपातका कारण राजमार्ग अवरुद्ध भएकाले उनलाइए कतै लग्न सकिएको थिएन।
भिरबाट लडेर ३ दिनसम्म अचेत अवस्थामा रहेकि माधवीलाई थप उपचारको लागि हेलिकप्टर मार्फत बाँके जिल्लाको कोहलपुर अस्पतालमा लगिएको प्रमुख जिल्ला अधिकारी पौडेले बताए। सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालयले खर्च व्यहोर्ने गरि उद्धार गरेको उनले बताए।