सुदूर नेपाललाई विश्वसँग जोड्दै

झण्डै १६ लाख घुस सहित इन्जिनियर र सव–इन्जिनियर पक्राउ

२०७६ पुष १९, ०१:५४ खबर संवाददाता

झण्डै १६ लाख  घुस सहित सडक डिभिजन कार्यालय, लहान सिराहाका इन्जिनियर नविनकुमार साह र सव इन्जिनियर विरेन्द्रकुमार साह पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीबाट रुपनी राजविराज कुनौली सडक आयोजना निर्माणको अन्तिम बील भुक्तानी लिने क्रममा लिएको १५ लाख ९६ हजार घुस सहित दुवै जनालाई पक्राउ गरेको हो।

उनीहरुलाई सडक डिभिजन कार्यालयको परिसरमा रहेको कर्मचारी आवासबाट घुस सहित पक्राउ गरी अनुसन्धान भइरहेको छ। 

कमेन्ट लोड गर्नुस