सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब एटीएमबाट दैनिक एक लाख निकाल्न मिल्ने

२०७६ पुष १८, १०:१७ खबर संवाददाता

अब एटीएम मेसिनबाट दैनिक एक लाख रुपैयाँ निकाल्न मिल्ने भएको छ। यसअघि दैनिक ६० हजार रुपैयाँ मात्र निकाल्न मिल्ने व्यवस्था थियो। 

गत भदौमा चिनियाँ नागरिकले नक्कली एटीएम कार्डबाट रकम चोरीको घटना पछि राष्ट्र बैंकले सीमा घटाएको थियो। अहिले फेरी पुरानै अवस्थामा लागिएको हो। राष्ट्र बैंकले बिहीबार जारी गरेको एकीकृत निर्देशनमा उक्त व्यवस्था छ।

हालको व्यवस्था अनुसार अब एटीएम (डेविट कार्ड) कारोबारमा नागरिकले न्यूनतम् ५ सय, प्रतिकारोबार २५ हजार र प्रतिदिन बढिमा एक लाख रुपैयाँ निकाल्न पाउँछन।
 

कमेन्ट लोड गर्नुस