यस्तो देखियो धनगढी–अत्तरिया ६ लेन सडक (फोटो फिचर)
निर्माणाधिन धनगढी–अत्तरिया ६ लेन सडक अन्तरगत विभिन्न स्थानमा कालोपत्रेको काम भईरहेको छ। यद्यपी केही दिनदेखिको चिसो र बिहिवारको बर्षापछि भने कालोपत्रेको काम रोकिएको छ। तीन वटा प्याकेजमा निर्माण भईरहेको उक्त सडकको निर्माण सम्पन्न भए व्यापारिक दृष्टिकोणले निकै महत्वपूर्ण हुने धेरैले विश्वास लिएका छन्। धनगढीको त्रिनगर भन्सारदेखि अत्तरियाचोक सम्म ६ लेन सडक निर्माण भईरहेको छ।
फोटो: विन्दु चन्द/दिनेश खवर