सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा ३५ लाखको सादनी खोला तटबन्ध योजनामा अनियमितता

२०७६ पुष १८, ०२:१४ खबर संवाददाता

डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर ६ मा प्रदेश सरकारले गत वर्ष कार्यान्वयन गरेको सादनी खोला तटबन्ध गुरु योजनामा आर्थिक अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको छ।

तटबन्धको योजनामा स्टमेट अनुसार काम नभएको, मजदुरलाई कम ज्याला भुक्तानी गरी कागजी रुपमा बढि देखाएको, प्रस्तावित ठाउँमा तटबन्ध नगरी उपभोक्ता समितिले आफू अनुकुल तातापानी क्षेत्रमा तबटन्ध गरी आर्थिक अनियमितता गरेको भन्दै उजुरी परेको हो।

परशुराम नगरपालिका वडा नम्बर ६ कै स्थानीय युवाले गत साउनमा अख्तियारमा उजुरी गरेपनि कुनै सुनवाई हुन नसकेको गुनासो गरिएको छ। उपभोक्ता समितिले तटबन्धको योजनामा झण्डै ३५ प्रतिशत बजेट दुरुपयोग गरेको आशंका गरिएको छ। समितिले खर्च विवरण सार्वजनिक समेत नगरेको आरोप लागेको छ।

तर उपभोक्ता समितिका अध्यक्ष गणेश सिहले भने उक्त योजनामा आर्थिक अनियमितता गरेको भन्ने आरोप गलत भएको दावी गरे। उनले आफूहरुले स्टमेट अनुसार नै काम गरेको दावी गरे। सिंहले तातोपानी क्षेत्रकै तटबन्ध गर्नका लागि ३५ लाख बजेट छुट्याईएको बताए।   

 

कमेन्ट लोड गर्नुस