गौरीफन्टा नाकामा भारतीय पर्यटकलाई स्वागत
लायन्स क्लब अफ धनगढी ग्रिन सिटिले कैलालीको गौरीफन्टा नाका भएर आएका पर्यटकलाई स्वागत गरेको छ। क्लबले लायन्स क्लब अफ लखिमपुर खिरीका पदाधिकारीलाई गौरीफन्टा भन्सारमा स्वागत गरिएको हो।
लायन्स क्लबअफ धनगढी ग्रीन सिटिका पदाधिकारी, धनगढी उपमहानगरपालिकाकी उपप्रमुख सुसिला भट्ट, कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष पुस्करराज ओझा लगायतले पर्यटकलाई स्वागत गरेका हुन।
कैलालीका बिभिन्न पर्यटकिय स्थलका साथै डडेल्धुराको पर्शुराम धाम र पहाडी जिल्लामा परेको हिमपातको अववलोकन गर्ने योजना रहेको पर्यटकले बताएका छन्।