सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा ८७ छाउगोठ भत्काइयो

२०७६ पुष १७, ०८:२५ खबर संवाददाता

अछाम: अछामका विभिन्न स्थान रहेका ८७ वटा छाउगोठ भत्काइएका छन्। समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी, जनप्रतिनिधि, समाजसेवी तथा आमा समुहको संयुक्त टोलीले ती छाउगोठ भत्काएका हुन। 

विहिबार जिल्लाको तुर्माखाद गाउँपालिका– ६ गइलडमा १० वटा, सोही गाउँपालिकाको वडा नम्बर ७ तोसीमा १२ वटा, वडा नम्बर ५ नाडामा ७ वटा, वडा नम्बर १ मा १० वटा, कमलबजार नगरपालिका– ३ सैनामा ३ वटा, पञ्चदेवल विनायक नगरपालिका– ९ भानाकोट टोलमा ६ वटा, वडा नम्बर ७ पुल्लेतोलामा ६ वटा र साफेबगर नगरपालिका– ८ जमालगाँउमा २४ वटा गरी जम्मा ८७ वटा छाउगोठ भत्काइएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ। 

साथै उक्त टोलीले छाउपडी प्रथा सम्बन्धी जनचेतनामुलक कार्यक्रमका साथै छाउपडी सम्बन्धी कानुनी प्रावधान बारे जानकारी समेत  दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक रमेशदत्त अवस्थीले बताए।

कमेन्ट लोड गर्नुस