सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त

२०७६ पुष १७, ०५:१४ खबर संवाददाता

नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन्। राष्ट्र बैंकका कार्यकारी निर्देशक (विशिष्ट श्रेणी)का डा. भट्टलाई पुष १६ गते बुधबारदेखि राष्ट्र बैंकको प्रवक्ता तोकिएको हो।

अर्थशास्त्रमा विद्यावारिधि गरेका भट्ट अनुसन्धान विभागका कार्यकारी निर्देशक पनि हुन्। लक्ष्मीप्रपन्न निरौला अनिवार्य अवकाशका लागि बिदामा बसेपछि राष्ट्र बैंकले भट्टलाई नयाँ प्रवक्ता बनाएको हो। 

कमेन्ट लोड गर्नुस