सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा भारतीय गाडीको ठक्करबाट एकजनाको मृत्यु भएपछि राजमार्ग अवरुद्ध

२०७६ पुष १७, १०:२७ खबर संवाददाता

कञ्चनपुरमा मंगलबार राती भारतीय गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको विरोधमा स्थानीयले राजमार्ग अवरुद्ध पारेका छन्। पूर्वपश्चिम राजमार्ग अन्तरगत वेदकोट नगरपालिकाको दैजीमा स्थानीयले सडकमा टायर बाल्दै सडक अवरुद्ध पारेका छन्। उनीहरुले दोषीलाई कारवाहीको र क्षतीपूर्तीको माग गर्दै राजमार्ग अवरुद्ध पारेका हुन।

मंगलबार राती कृष्णपुर नगरपालिका ५ आमखैया जंगलमा भारतीय युपी १७ एटी१०६६ नम्बरको मीनी बसले म २ प ९०२७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा चालक वेदकोट ३ का ४४ वर्षीय जयबहादुर रानाको मृत्यु भएको थियो।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक नरेन्द्रबहादुर चन्दले दुर्घटनापछि मीनि बस र चालकलाई नियन्त्रण लिईसकेको जानकारी दिए।  

कमेन्ट लोड गर्नुस