स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड मोतिचोक शाखाले मनायाे ५औँ वार्षीक उत्सव
कैलाली: कैलालीमा रहेको स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड धनगढी, मोतिचोक शाखाले आफ्नो ५औँ वार्षीक उत्सव मनाएको छ। सुनसरीको इटहरीमा केन्द्रिय कार्यालय स्थापना भएको ५ वर्षको अवसरमा शाखाले वार्षीक उत्सव मनाएको हो।
‘हाल यो संस्थाका देशभरी ८६ शाखा रहेका छन’ वार्षीक उत्सव कार्यक्रममा बोल्दै संस्थाका शाखा प्रमुख भुवनराज भट्टले भने ‘लघुवित्त कार्यक्रमले पिछडिएका महिला तथा जनसमुदायहरुलाई घरदैलो बैंकिङ कार्यक्रम गर्ने गरेकाले महिलाहरुलाई आत्मनिर्भर बनेको बनाएको छ, र हामी समुदायको हितको कार्यमा अझ लाग्ने छौ।
उनले संस्थाको वार्षीक उत्सवकोे अवसरमा देश तथा विदेशमा रहेका सम्पुर्ण नेपालीहरुलाई नेपाल भ्रमण वर्ष तथा नयाँ वर्ष २०२० को शुभकामना समेत व्यक्त गरेका थिए।