सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुुरु

२०७६ पुष १६, ०८:५९

प्रदेश नं– ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले बाँके राष्ट्रिय निकुञ्जमा आजबाट शुरु गरिएको हात्ती सफारीको उदघाटन गरेका छन। नेपाल भ्रमण वर्षका अवसरमा निकुञ्जमा आयोजित कार्यक्रममा उहाँले सो कार्यक्रमकोे उद्घाटन गरेका हुन। 

त्यस अवसरमा मुख्यमन्त्री पोखरेलले निकुञ्जले सर्वप्रथम आन्तरिक पर्यटक बढाउनुपर्नेमा जोड दिँदै विदेशी पर्यटकलाई आकर्षित गर्न निकुञ्जमा पर्यटन क्षेत्रको पूर्वाधार बढाउनुपने बताए। त्यस अवसरमा सङ्घीय र प्रदेशका सांसद, बाँकेका स्थानीय जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, वन कर्मचारी लगायतको सहभागिता थियो। सो निकुन्जको क्षेत्रफल ५५० वर्ग किलोमिटर छ। नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तरराष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धताअनुरूप बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले बाँके, दाङ र सल्यान जिल्ला जङ्गलक्षेत्र समेटर बाँके राष्ट्रिय निकुञ्जको स्थापना गरेको हो। 

निकुञ्जमा १२४ वनस्पति प्रजाति, ३२ प्रजातिका स्तनधारी, ३०० भन्दा बढी प्रकारका चराका प्रजाति, ५८ प्रजातिका माछा, २२ सरिसृप र ६ प्रकारका उभयचर पाइन्छन्। अन्य २०१८ को गणना अनुसार यो निकुञ्रुजमा २१ पाटेबाघ रहेको निकुञ्जका प्रमुख प्रमोद भट्टराईले जानकारी दिए। -रासस

कमेन्ट लोड गर्नुस