सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा ‘घुम्न जाऔँ अमरगढी’ सुरु, मन्त्री बाँस्कोटालाई १६ किलोको माला

२०७६ पुष १६, ०८:१३ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिकाले बुधबार देखि ‘घुम्न जाऔँ अमरगढी’ अभियानको सुरुवात गरेको छ। नगरपालिकाले आयोजना गरेको ‘घुम्न जाऔँ अमरगढी’ अभियान अन्तरगत भ्रमण वर्ष २०२० को उद्घाटन  कार्यक्रममा सरकारका सुचना तथा संचार मन्त्री गोकुलप्रसाद बाँस्कोटालाई १६ किलोको मालाले स्वागत गरिएको छ। 

कार्यक्रममा डडेल्धुराबाट प्रतिनिधित्व गर्ने प्राय सबै जनप्रतिनिधिको सहभागिता रहेको थियो। जिल्लाका सबै स्थानीय तहरूले आ–आफ्नो क्षेत्रमा भएका पुराना कला संस्कृतिको प्रचारप्रसार गर्न अभियान नै सञ्चालन गर्ने जनाएका हुन्। 

‘घुम्न जाऔं अमरगढी’ अभियान सफल पार्नका लागि नगरप्रमुख विशेश्वरप्रसाद ओझाको संयोजकत्वमा ६ सय जनाको मूल समिति निर्माण गरिएको छ। अमरगढी नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, अमरगढीभित्र अध्यापन गराइरहेका शिक्षक, स्वयंसेविका, यहाँका व्यवसायी लगायतको सहभागितामा उक्त समिति गठन गरिएको छ।

मन्त्री बाँस्कोटालाई स्वागत गर्दे अमरगढी नगरपालिकाका नगरप्रमुख विशेस्वरप्रसाद ओझाले १६ बुँदेमाग पेश गरेका छन्। अमरगढी नगरपालिका सुदूरपश्चिमका पहाडी जिल्लाको केन्द्रमा रहेको र नेपाल सरकारको सुचिमा सुचिकृत भएको भएपनि बजेट अभावले थुपै्र पूर्वाधारहरु अलपत्र परेकाले मागपत्र पेश गरेको नगरप्रमुख ओझाले बताए। 

मागपत्रमा बागबजार बसपार्क छेउमा तरकारी बजार तथा सपिङ कम्पलेक्स निर्माण, अमरगढीका ग्रामीण सडक कालोपत्रे, आईत डकले–सल्लाघारी रणनितिक सडक निर्माण, फोहोरमैला प्रसोधन केन्द्र निर्माण, बसपार्कमा सिटीहल, टुडिखेल रिङरोड निर्माण, डडेल्धुरा अस्पतालको स्तरोउन्नती र मेडिकल कलेजको रुपमा विकास गर्ने, विमानस्थल निमार्ण र उग्रतार रंगशाला निर्माण गर्ने लगायतका बुँदाहरु उल्लेख गरिएको नगरप्रमुख ओझाले बताए।  मागपत्र बुझ्दै मन्त्री बाँस्कोटाले पेश गरिका मागहरु नगरप्रमुख ओझाको कार्यकालमै सम्बोधन हुने बताए। 

कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले डडेल्धुरन साच्चीकै पर्यटकीय स्थलकै रुपमा बनेको बताए। उनले विदेशका मात्र पर्यटकहरु मात्र नभएर  स्वदेशका पर्यटकहरुलाई पनि भित्रयाउनु पर्ने बताए। ‘सुदूरपश्चिम साच्चीकै संस्कृतिले परिपूर्ण क्षेत्र हो। यहाँको डेउडा, हुडकेली मलाई असाध्यै मन प¥र्यो। हामीले आफ्नो संस्कृतिको संरक्षण गर्नुपर्छ’ उनले भने। 

कमेन्ट लोड गर्नुस