सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वामी लोकानन्दको जन्मदिन धनगढीको शिवपुरीमा पनि मनाईयो

२०७६ पुष १६, ०७:११ खबर संवाददाता

धनगढी उप–महानगरपालिकाको वडा नम्बर ४ मा रहेको शिवपुरी धामका प्रमुख संरक्षक स्वामी लोकानन्दको ५५ औँ जन्मदिन धनगढीमा पनि मनाईएको छ। बुटवलको स्वमी नारण मुत्तिनाथ धाममा वस्दै आएका लोकानन्दको तस्विरमा टीका लगाउँदै जन्म दिन मनाईएको हो।

उनको जन्मदिनका अवसरमा शिवपुरीको कार्यसमिती लगायत दाता बाट संकलित रकमको प्रसाद खुवाईएको धामका सचिव सिद्धराज पनेरुले बताए। जन्मदिनकै कार्यक्रममा धनगढीको मावन सेवा आश्रमका असहायहरु र आमाको माया छात्रवासका विद्यार्थीहरुको समेत सहभागिता रहेको उनले बताए।

कमेन्ट लोड गर्नुस