धनगढीमा नर्स मृत फेला : पोष्टमार्टमपछि भिसेरा परिक्षण गरिदै
धनगढीमा स्टाफ नर्स सोनम ऐर मृत भेटिएको घटनामा शवको पोष्टमार्टपछि भिसेरा परिक्षणका लागि पठाईएको छ। पोष्टमार्टले मात्रै घटनाको अनुसन्धान गर्न असहज भएपछि भिसेरा परिक्षणका लागि पठाईएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पोष्टमार्ट रिर्पोट आएपनि त्यस्मा हत्याको आशंका गरिएको छैन्।
‘पोष्टमार्टम रिर्पोटमा हत्या भएको हुन सक्ने देखाईएको छैन्,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकास कार्कीले दिनेश खवरलाई भने, ‘रिर्पोटमा शरिरमा चोटपटक लागेको देखिएको छैन्। उनीमाथि जवरजस्ती भएको पनि देखाएको छैन्। तर अहिले नै हत्या वा आत्महत्या के हो ? भन्न सकिदैन्।’
उनले नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालामा भिसेरा परिक्षणको लागि पठाईएको बताए। ऐरको मृत्युको सम्बन्धमा अझ थप अनुसन्धान भिसेरा परिक्षणबाट गर्न लागिएको उनले बताए।
उक्त घटनाको निष्पक्ष अनुसन्धानको माग गर्दै आफन्तले प्रहरीमा उजुरी दिईसकेका छन्। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० घर भएकी ऐर आईतबार बिहान धनगढीको हसनपुरस्थीत डेरामा मृत अवस्थामा फेला परेकी थिईन्। ऐर धनगढीको निसर्ग हस्पीटल र नवजीवन अस्पतालमा कार्यरत थिईन्।