सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा चाउमिन बनाउँदा बनाउँदै एक महिलाको मृत्यु

२०७६ पुष १६, ०४:५८ खबर संवाददाता

बझाङ: बझाङमा चाउमिन बनाउँदा बनाउँदै एक महिलाको मृत्यु भएको छ। जिल्लाको खप्तड छान्ना गाँउपालीका– ४ की २५ वर्षीया पुष्पादेवी श्रेष्ठको चाउमिन बनाउने मेसीनमा दोपट्टा बेरीदा मृत्यु भएको हो। 

मंगलबार बेलुका पासा चाउमिन उद्योगमा काम गरिरहेकी श्रेष्ठले ओढेको दोपट्टा चाउमिन मसीनमा फसी घाँटी च्यापिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता ईश्वरीदत्त पाण्डेयले जानकारी दिए। 

उनको जिल्ला अस्पताल बझाङमा पोष्टमार्टमपछि आज दाहसंस्कार गरिएको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस