सुदूर नेपाललाई विश्वसँग जोड्दै

मन्त्री बाँस्कोटाले गरे डडेल्धुराका पर्यटकिय स्थलको अवलोकन

२०७६ पुष १६, ०४:०५ खबर संवाददाता

नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले डडेल्धुरामा रहेका पर्यटकिय स्थलहरुको अवलोकन तथा पुजाआजा गरेका छन्।

बुधबार बिहान उनले अमरगढी नगरपालिका–८ मा रहेको  प्रसिद्ध उग्रतारा मन्दिर, अमरगढी–३ मा रहेको घटालथान बाबा मन्दिरको दर्शन र अमरगढी नगरपालिका–५ मा रहेको बडाकाजी अम्मरसिंह थापाले निर्माण गरेको ऐतिहासिक अमरगढी किल्लाको अवलोकन गरेका छन्।

मन्त्री बाँस्कोटाले अमरगढी किल्लामा रहेको अमरसिंह थापाको शालिकमा माल्र्यापण समेत गरे।  अमरसिंह थापाको सालिकमा लेखिएको ‘म बाघको डम्बरु हुँ मलाई सिनो खाने कुकुर नसम्झ’ भन्ने भनाइ पढ्दै मन्त्री बाँस्कोटाले अमरसिंह थापाको भनाइ रङ्गले नभएर शिलाले लेख्नु पर्ने बताए। 

सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटासँग पूर्व अर्थराज्यमन्त्री एंव प्रतिनिधिसभा सांसद दामोदर भण्डारीले समेत दुवै मन्दिरको दर्शन गरेका हुन्।

अमरगढी नगरपालिकाले भ्रमण वर्ष २०२० लाई लक्षित गरि संचालन गर्ने ‘घुम्न जाऔं अमरगढी’ अभियानको शुभारम्भ गर्र्न नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटा मंगलबार साँझ यहाँ आइपुगेका हुन्।
 

कमेन्ट लोड गर्नुस