डडेल्धुराको अमरगढी नगरपालिकामा भोलि सार्वजनिक विदा
डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिकाले पुस १६ गते अर्थात् जनवरी १ का दिन सार्वजनिक विदा दिएको छ।
नेपाल भ्रमण वर्ष २०२० को अवसरमा बुधबार ‘घुम्न जाऔँ अमरगढी’ अभियानको शुभारम्भ गरिने भएकाले सार्वजनिक विदा दिएको नगरपालिकाले जनाएको छ।
अभियानको शुभारम्भ गरिने भएकाले नगर कार्यपालिकाको मंगलबारको निर्णयअनुसार सार्वजनिक विदा दिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले जानकारी दिए।
अमरगढी नगरपालिकाको कार्यालय, नगरपालिका अन्तरगतका वडा कार्यालयहरू, विद्यालय, स्वास्थ्य संस्था र सेवा केन्द्रहरूमा विदा दिइएको उनले बताए।